श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ जारी छ।
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा नेपालीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। कार्ययोजनामाथि अहिले सांसदहरूले धारणा राखिरहेका छन्।
यसअघि गत असोज ८ गते संसदीय सुनुवाइ समितिले शैक्षिक योग्यतासम्बन्धी कागजात उपलब्ध नभएको भन्दै रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको थियो। त्यसपछि मंसिर ६ गते मन्त्रिपरिषद्ले कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ निवासी नेपालीलाई राजदूत सिफारिस गरेको थियो।