सिटिजन लाइफले काभ्रे रोशीका चार सय ४७ विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । कम्पनीले रोशी गाउँपालिकामा अवस्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा श्री मंगलजन विजय माध्यमिक विद्यालयका चार सयजना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको हो ।
असोज १२ गते देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट रोशी गाउँपालिका प्रभावित भएको थियो । बाढी प्रभावित क्षेत्रका बालबालिकाको शैक्षिक गतिविधिमा समेत असर परेकाले जाडो मौसममा न्यानो लुुगा वितरण गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनील पोखरेल, स्थानीय तहका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकको उपस्थिति थियो ।कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बिसीले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गरे ।