मनीषा घोरासैनी र प्रताप दासको स्वरमा ‘धानको बाला हजुर’ गीत सार्वजनिक

शनिबार, १३ पुष, २०८१
डिजिटल संस्करण

गायक प्रताप दास र सिन्धुपाल्चोककी गायिका मनिषा घोरासैनीको स्वरमा ‘धानको बाला हजुर’ बोलको गीत सार्वजनिक भएको छ।

मनिषाको आफ्नै शब्दमा तयार पारिएको उक्त गीतमा लोकगायक नवराज घोरासैनीले संगीत भरेका छन् भने भिडियोमा बिना राउत र नितिन तामाङले अभिनय गरेका छन्।

नवराज घोरासैनीको युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरिएको हो।

मनिषामा ‘गमलामा जाई–२’, ‘चाचरी’, ‘ज्यान जाला होस् गर’, ‘मायाको सम्झना’लगायतका गीतहरु चर्चित छन्।

सुझावित समाचार