घरायसी सामान नेपाल ल्याउन दिन घुस लिने हवल्दारलाई एक महिना कैद

शुक्रबार, १२ पुष, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय रुपन्देहीअन्तर्गत खटिएका प्रहरी हवल्दार डुकबहादुर खड्का क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा सजाय भएको छ । विशेषका अनुसार उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने भएको छ । 

क्षेत्रीले पीडित राहत कोषमा ६ सय रुपैयाँ क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने फैसला भएको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीलाई १५ हजार घुससहित पक्राउ गरेको थियो । उनले रुपन्देहीको भगवानपुर नाका हुँदै घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग उक्त रकम लिएको पुष्टि भएको थियो । जसपछि आवश्यक अनुसन्धान गरी यसै वर्ष २६ भदौमा मुद्दा दायर भएको हो ।

सुझावित समाचार