काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बिच बौद्ध क्षेत्रमा सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित कार्यक्रममा कार्यालयका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामाले सो समझदारी-पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बौद्ध क्षेत्रमा एक करोड २६ लाख ९० हजार लागतमा सिसिटिभी जडान गरिनेछ। काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र सहरी सुशासनसँग सम्बन्धित विषयमा सहकार्य गर्न सिसिटिभी जडान गराउने सम्झौता–पत्रमा उल्लेख छ।
सिसिटिभी जडान गरिने विभिन्न स्थान दुवै पक्षको सहमतिमा यकिन गरिने तथा जडान हुने सिसिटिभी प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्डअनुसारको हुनेछ। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सिसिटिभी क्यामेरा जडानले शान्तिसुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
एक करोड २६ लाख लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
काठमाडौं वडा नम्बर १३ का वडाध्यक्षविरुद्ध किर्ते र ठगी मुद्दा दायर
काठमाडौं/ काठमाडौंको वडा नम्बर १३ का अध्यक्ष धुव्रनारायण मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते मुद्दा दायर भएको छ। काठमाडौंको ताहा…
बुढीगण्डकी बाढी : पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति
काठमाडौं/ बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीकार्य जारी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीक…
कपनमा प्रधानाध्यापकमाथि कुटपिट, दुईजना पक्राउ
काठमाडौं/ कपनमा विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि अभद्र व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सुन…
विराटनगरमा मुख्यमन्त्री सम्मेलन : संघीयता कार्यान्वयन र अधिकार बाँडफाँट मुख्य एजेन्डा
विराटनगर/ संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान, प्रदेशको अधिकार बाँडफाँट, वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदानप्रदा…
बुढीगण्डकी बाढीबाट प्रभावित ४९ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन
गोरखा/ गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। नेपाली सेनाले ए…
बुढीगण्डकी बाढीपछि स्वास्थ्य सेवा तयारी अवस्थामा, आकस्मिक उपचारका लागि टोली परिचालनको तयारी
काठमाडौं/ गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य क्षेत्रको प्रतिकार्यल…