बालिका बलात्कार आराेपमा रुपन्देहीबाट दुईजना पक्राउ

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

रुपन्देहीको सैनामैना नगरपालिकामा एक बालिका बलात्कृत भएकी छिन्। १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जबर्जस्ती करणी आरोपमा सैनामैना नगरपालिका- ३, सरौलीका २५ वर्षीय सागर विश्वकर्मा र घटनाको मतियारका रूपमा एक महिलालाई पनि पक्राउ गरेकाे प्रहरीले जनाएको छ।

बुधबार बेलुका जंगलमा लगी बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको र  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार