सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुझावित समाचार