काठमाडौंबाट ९२ लाखसहित तीनजना पक्राउ

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण

काठमाडौंबाट ९२ लाख नगदसहित तीनजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको हो।

रवि धमला, जितबहादुर तामाङ र सन्तोष खातीलाई प्रहरीले पक्राउ गरेको हो। स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ।

सुझावित समाचार