चार महिनापछि बस्याे सार्वजनिक लेखा समितिकाे बैठक

सोमबार, ८ पुष, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक चार महिनापछि बसेको  छ । कुलमान घिसिङलाई कारबाही सिफारिस गर्ने विषयले प्रभावित लेखा समिति बैठक चार महिनापछि साेमबार १ बजे बसेकाे हाे ।

विद्युत बक्यौतामा कुलमानमाथि छानबिन तथा कारबाही गर्न अख्तियार, सम्पत्ति शुद्वीकरणमा सिफारिस गर्ने सभापति ऋषिकेश पाेखरेलले एकल निर्णय प्रस्ताव गरेपछि ९ भदौकाे बैठकमा सत्तापक्षले नै विराेध गरेकाे थियाे ।

त्यसपछि समिति बैठक बस्न सकेकाे थिएन । साेमबार बेरुजुसम्बन्धी छलफल गर्न बैठक बसेकाे हाे । बैठक जारी छ ।

सुझावित समाचार