एनपिएलको फाइनल खेलमा दर्शकमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई पक्राउ

सोमबार, ८ पुष, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिगको फाइनलमा त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा दर्शकमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। डाेटीको आदर्श गाउँपालिका– २ घर भएका २१ वर्षीय अशोक साउद र डोटीको दीपायल सिलगढी नगरपालिका– १ घर भई हाल कीर्तिपुर बस्ने गणेश साउद पक्राउ परेका हुन् । 

गत शनिबार भएको फाइनल खेलमा केही दर्शकमाथि कुटपिट गर्नुका साथै अपमान गरिएको थियो । साम्प्रदायिक सदभाव बिगार्ने तथा अपमानजनक व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको र थप व्यक्तिको खोजी भइरहेको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले बताए।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको फाइनल खेलमा जनकपुरका केही समर्थकमाथि अभद्र व्यवहार भएकोमा सर्वत्र आलोचना भइरहेको छ। 

सुझावित समाचार