रवि लामिछानेको हिरासतमा सुतेको फोटो खिच्ने निकोलस काठमाडौंमा पक्राउ

सोमबार, ७ पुष, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सिसिटिभी मोनिटरबाट खिच्ने डा. निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरेको हो। 

कास्की प्रहरीको पत्रका आधारमा उनी पक्राउ परेका हुन् । गत २९ मंसिरमा लामिछानेलाई भेट्न गएका भुसालले सो तस्बिर खिचेका थिए। जुन पछि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सो तस्बिरले हिरासत सुरक्षामा प्रश्न उठेपछि प्रहरीले आन्तरिक छानबिनसमेत गरिरहेको छ। 

भुसालले सो फोटो आफूले खिचेको स्विकार्दै गल्ती भएको भनेर माफी मागेका छन्। 

सुझावित समाचार