रुखको हाँगा भाँचिएर लाग्दा एकजनाको मृत्यु

आइतबार, ७ पुष, २०८१
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङमा रुखको हाँगा भाँचिएर लाग्दा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका- ५ ठाडे गाउँका ५० वर्षीय महादेव प्रजा रहेका छन् ।

जिल्ला प्रहरी मकवानपुरका प्रहरी निरीक्षक ठकुरप्रसाद सापकोटाका अनुसार कुलो खन्ने क्रममा कुलोछेउमा रहेको सिमलको रुखको हाँगा भाँचिएर खस्दा प्रजालाई लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार पालिकाको वडा नम्बर ३ सिमलडाँडा जंगलमा वडा नम्बर ५ ठाडे गाँउका ९–१० जना स्थानीय भेला भएर पानीको कुलो खनिरहेका वेला घटना भएको थियो ।
 

सुझावित समाचार