अमेरिकाद्वारा एक वर्षमा दुई लाख ७१ हजार अवैध आप्रवासी निष्काशन

शुक्रबार, ५ पुष, २०८१
डिजिटल संस्करण

अमेरिकाले एक वर्षमा दुई लाख ७१ हजार अवैध आप्रवासीलाई निष्काशन गरेको छ । आप्रवासी निष्काशनको यो तथ्याङक एक दशकयताकै उच्च रेकर्ड हो। 

युएस इमिग्रेसन एण्ड कस्टम्स् इन्फोर्समेन्टले सार्वजनिक गरेको तथ्याङकअनुसार डोनाल्न ट्रम्प राष्ट्रपति भएको बेलामा भन्दा अहिले धेरैलाई अमेरिकाले निष्काशन गरेको छ । 

राष्ट्रपति जो बाइडेनले गत जुलाईदेखि अवैध आप्रवासीविरुद्धको कारबाहीलाई तिव्रता दिइरहेका छन् । सीमामा कडाईदेखि अवैध रुपमा बस्नेहरुलाई पक्राउ गरेर अमेरिकाले चार्टड प्लेनमार्फत सम्बन्धित देशमै लगेर फिर्ता गर्ने गरेको छ । यसरी फिर्ता गरिएकामध्ये ८२ प्रतिशत अमेरिका प्रवेश गर्न खोज्ने क्रममा सीमामा पक्राउ परेकाहरू छन्। 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले राष्ट्रपतिको रुपमा काम सुरुगरेलगत्तै सबै अवैध आप्रवासीलाई पक्राउ गरी उनीहरुको देश फर्काउने अभियान सुरु गर्ने बताएका छन् । २० जनवरीदेखि अमेरिकामा उनको कार्यकाल सुरु हुँदैछ ।

सुझावित समाचार