सुदूरपश्चिमका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त

बुधबार, ३ पुष, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो राजनीतिक सल्लाहकारमा डा. जितेन्द्र उपाध्यायलाई नियुक्त गरेका छन्। मुख्यमन्त्री शाहकै गृहनगर कैलालीको टीकापुर घर भएका डा. उपाध्याय हाल क्यानडामा बस्दै आएका छन्। 

मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधासम्बन्धी कार्यविधि, २०८१ को दफा ३ को उपदफा १ (क) बमोजिम उपाध्यायलाई बुधबारबाटै लागू हुने गरी राजनीतिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसको महासमिति सदस्य रहेका उपाध्याय नेपाली जनसम्पर्क समिति क्यानडाको उपसभापति हुन्। उनले दक्षिण कोरियाबाट ‘फुड साइन्स एन्ड टेक्नोलोजी’मा विद्यावारिधि गरेका छन्।

डेढ दशकदेखि क्यानडामा बस्दै आएका डा. उपाध्याय मुख्यमन्त्रीकाे राजनीतिक सल्लाहकारका लागि यहाँ आएका मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले बताए।  
 

सुझावित समाचार