आफ्नो पहिलो खेलमै जयकिशनको अर्धशतक

बुधबार, ३ पुष, २०८१
डिजिटल संस्करण
आफ्नो पहिलो खेलमै जयकिशनको अर्धशतक

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिगमा पहिलो खेल खेलिरहेका भारतीय जयकिशन कोस्लावालाले अर्धशतक बनाएका छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जयकिशनले ३६ बलमा ६ चौका र दुई छक्कासहित ५० रन बनाएका हुन् ।

उनले ११.३ ओभरमा अर्धशतक बनाउँदा कर्णालीले दुई विकेट गुमाएर  ८६ रन बनाएको छ । तेस्रो विकेटका लागि जयकिशनले विलियम बासिस्टोसँग ५० रनको साझेदारी पनि गरेका छन् ।

यसअघि भारतीय चर्चित खेलाडी शिखर धवनले कर्णाली याक्सका लागि चार खेल खेलेर घर फर्किएका थिए । उनको स्थानमा जयकिशनलाई कर्णाली याक्सले मंगलबार राति मात्रै टिममा समावेश गरेको हो ।

एनपिएलमा पहिलो खेल खेलेका भारतीय जयकिशन कोस्लावालालाई कर्णालीले ओपनिङमा पठाएको थियो । ३५ वर्षीय गुजराती खेलाडीले यसअघि सन् २०१८ मा ललितपुर प्याट्रिओट्सका लागि इपिएल उपाधि जिताएका थिए ।

फाइनलमा ५७ रन बनाएका थिए । एनपिएलमा बनेको यो २३औँ अर्धशतक हो । यसअघि लिग चरणमा एक शतकसहित २२ अर्धशतक बनेका थिए ।

सुझावित समाचार