सानो गौचरनमा अब सुविधासम्पन्न रंगशाला

बुधबार, ३ पुष, २०८१
डिजिटल संस्करण
सानो गौचरनमा अब सुविधासम्पन्न रंगशाला

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौंको सानो गौचरन रंगशालालाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण चल्दै छ। काठमाडौं महानगरपालिकाले १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँमा लगाएको ठेक्काअनुसार ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको खेलमैदान बन्नेछ ।

२८ चारपांग्रे र १७८ दुईपांग्रे सवारीसाधन अट्ने पार्किङस्थल, ३९ कोठे शौचालय, एक फिजियोथेरापी कक्ष, ६ ड्रेस चेन्जिङ रुमलगायत संरचना पनि बन्नेछन् । चैत मसान्तभित्र पुनर्निर्माण सक्ने गरी ठेक्का लगाइएको छ । 

सुझावित समाचार