प्रद्युम्न पौडेलको ‘हिमालमाथि उभिएर’ कवितासंग्रह सार्वजनिक

मंगलबार, २ पुष, २०८१
डिजिटल संस्करण

कवि प्रद्युम्नप्रसाद पौडेलद्वारा लिखित ‘हिमालमाथि उभिएर’ कवितासंग्रह सार्वजनिक भएको छ । भक्तपुरको गठ्ठाघरमा आयोजित एक कार्यक्रमबिच मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले उक्त कवितासंग्रह सार्वजनिक गरेका हुन् ।

कवितासंग्रहको प्रकाशन अनुशीलन नेपालले गरेको छ भने संग्रहमा ८२ वटा कविता तथा गजल छन् । कार्यक्रममा एमाले भक्तपुरका अध्यक्ष वचन देउजा, भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरेलगायतको उपस्थिति थियो । 

सुझावित समाचार