एनपिएल विजेतालाई एक करोड १० लाख पुरस्कार

मंगलबार, २ पुष, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग एनपिएलको पुरस्कार राशि घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ। उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछन्।

प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ। प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो। एनपिएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरु हुँदै छन्। सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज् र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन्।

सुझावित समाचार