महिला यू–१९ एसिया कप : पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

मलेसियामा जारी महिला यू–१९ एसिया कपमा पाकिस्तानले नेपाललाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको हो।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन्। उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन्। यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट ६ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन्।

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन्। यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक÷एक विकेट लिए। रासस

सुझावित समाचार