कप्तान अञ्जिलाले ग्रिसको निस अट्रोमिटौमा प्रशिक्षण लिँदै

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले ग्रिसको निस अट्रोमिटौमा प्रशिक्षण सुरु गरेकी छिन् । अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/२५ को लागि अनुबन्ध गरेको हो ।

सम्झौता रकम भने गोप्य राखिएको छ । उनले जनवरी देखि मात्रै लिग खेल्न पाउने भएकी छिन् । गत साता ग्रिस पुगेकी अञ्जिला पहिलो पटक एसिया बाहिरको लिग खेल्दै छिन् ।

यसअघि अञ्जिलाले भारत र पाकिस्तानको लिग खेलेकी थिइन् । उनले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन बिताइन् । अञ्जिला दुवै टोलीको कप्तान थिइन् ।

विभागीय टोली एपिएफ क्लबमा आबद्ध अञ्जिला स्ट्राइकर सावित्रा भण्डारीपछि युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दै छिन्। इजरायली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेन्च लिगमा आबद्ध छिन् ।

सुझावित समाचार