एसइईमा एनजी आएको विषय मात्रै परीक्षा दिए हुने

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरकमा समेत विषय कटाउन नसकेका विद्यार्थीले अर्को वर्ष परीक्षा दिँदा एनजी आएको विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले तीन वर्षसम्म विद्यार्थीले अर्को वर्ष परीक्षा दिँदा पनि एनजी आएको विषयमा मात्रै परीक्षा हुने नियम लागू गरेको हो । यसअघि एसइईलक्षित लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले भने अर्को वर्ष परीक्षा दिँदा सबै विषय दिनुपर्ने व्यवस्था गरे पनि बोर्डले विद्यार्थीलाई मर्का पर्ने भन्दै उक्त निर्देशिका संशोधन गरी यस वर्षदेखि नै जुन विषयमा एनजी आएको छ, त्यही विषयमा परीक्षा दिए पुग्ने नियम जारी गरेको हो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार विद्यार्थीले आफूलाई जुन विषय लागेको छ, सोही विषयमा मात्रै परीक्षाको तयार गरे हुनेछ । अन्य विषय पढ्नुपर्ने छैन । बोर्डले यसपटक एसइई ७ चैतदेखि सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

See More On

सुझावित समाचार