चलचित्र विकास बोर्डले सुरू गर्‍यो फिल्म मेकिङ मास्टरक्लास

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

चलचित्र विकास बोर्डको आयोजनामा  मंसिर २८ गतेबाट पाँचदिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सुरु भएको छ।

५४ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरुको सहभागिता रहेको माष्टरक्लासको उद्देश्य अंग्रेजी तथा अन्य विदेशी चलचित्रसरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धि गर्नु रहेको बोर्डले जनाएको छ।

माष्टरक्लासलाई अष्ट्रेलियामा चलचित्र विषयमा स्नातकोत्तर गरेका सरोजकुमार चौहानले नेतृत्व गरेका छन्। यो कार्यशालाले फिल्म निर्माणमा आफ्नो ज्ञान र सीपहरू गहिरो बनाउन चाहने विद्यार्थीलाई उत्कृष्ट सिक्ने अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ।

प्रत्यक्ष फिल्म निर्माण प्रदर्शन र ह्यान्ड्स–अन अवसरहरूमार्फत सहभागीहरूले सिनेम्याटोग्राफी, प्रकाश, कला डिजाइन, स्टेजिङ र निर्देशनको उपयोगद्वारा हलिउड फिल्म लुक सिर्जना गर्ने अवधारणादेखि स्क्रिनसम्म सिनेम्याटिक प्रक्रियामा ‘फस्ट ह्यान्ड’ अन्तरदृष्टि प्राप्त गर्ने प्रमुख प्रशिक्षकसमेत रहेका चौहानले बताए।

यो कार्यक्रम सिनेपाल स्टुडियो, भैंसेपाटीमा सञ्चालन भइरहेको छ। यो प्रशिक्षणपश्चात सहभागिहरुले एक–एक लघु चलचित्र निर्माण गरी पौष ५ गते चलचित्र विकास बोर्डको प्रेक्षालयमा हुने समापन कार्यक्रममा प्रदर्शन गरिने बताइएको छ।

सुझावित समाचार