राजनीतिक र आर्थिक समस्या समाधान गर्ने नागरिक प्रथमको उद्घोष

शनिबार, २९ मंसिर, २०८१
डिजिटल संस्करण

नागरिक प्रथम अभियानका अभियन्ताहरूले देशका सबै राजनीतिक र आर्थिक समस्याको समाधान गर्न सामूहिक प्रयास गर्ने अठोट गरेका छन्। विगतमा विभिन्न संघर्ष र आन्दोलनसँग नेतृत्व तहमा जोडिएका व्यक्तिहरू एकैठाउँमा आई नयाँ अठोट गरेका हुन्।

अहिलेसम्मका प्राप्त उपलब्धिहरूलाई संरक्षित गर्दै नयाँ र विस्तारित लक्ष्यका साथ अगाडि बढ्ने प्रेरणा दिएको उनीहरूले बताएका छन्। लक्ष्य र विचार मिल्ने नागरिकहरूलाई हातेमालो गर्न पनि अभियानले अपिल गरेको छ।

सुझावित समाचार