बुटवलको तिनाउ पुलनजिकै जिप दुर्घटना हुँदा तीनको मृत्यु

शनिबार, २९ मंसिर, २०८१
डिजिटल संस्करण

पूर्व-पश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुलनजिकै बाेलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बाेलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी र जिपचालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

गौरीलाई एक्कासि दम बढेपछि उपचारका लागिनयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए। उक्त जिप बुटवल–१३ स्थित अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ।   
 

सुझावित समाचार