विराटनगरसँग चितवन ५१ रनले पराजित

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण
विराटनगरसँग चितवन ५१ रनले पराजित

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दोस्रो खेलमा विराटनगर किंग्ससँग चितवन राइनोज ५१ रनले पराजित भएको छ। बसिर अहमदको अर्धशतकमा विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले ६ विकेटको क्षतिमा १३० रन मात्र जोड्न सक्यो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले पाँच विकेटको क्षतिमा १८१ रनको फराकिलो स्कोर खडा गरेको थियो। विराटनगरका लागि अविजित बसिर अहमदले सर्वाधिक ६८ रन जोडेका थिए। ४४ बल सामना गरेका उनले समान चार चौका र छक्का प्रहार गरे।

मार्टिन गुप्टिलले ४५ रनको योगदान गर्दा राजेश पुलामीले अविजित ३३ रन जोडे। दुई बल सामना गरेका लोकेश बम र चार बल सामना गरेका स्कट एडवार्डस् शून्य रनमै आउट हुँदा दीपक बोहरा चार र निकोलस किर्टन आठ रन बनाएर पेभिलियन फर्किए।

चितवनका रिजन ढकालले दुई विकेट लिँदा सोहेल तनविर, बसिल हमिद र कुशल मल्लले समान एक विकेट लिए। चितवनका लागि आजको खेलमा अमर रौतेला महँगो साबित भए। एक ओभर बलिङ गरेका उनले २४ रन खर्चिए।

ठुलो लक्ष्य पछ्याउने क्रममा चितवनका अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए। सन्तोष कार्कीले २८ रनको योगदान गर्दा कुशल मल्ल र रवि बोपराले क्रमशः २५ र २० रन जोडे। यसबाहेक चितवनका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। हसन इसाखिल पाँच र बसिल हमिद एक रन बनाएर पेभेलियन फर्किए। अविजित रहेका दीपक बोहरा र सोहेल तनविरले क्रमशः दुई र एक रन जोडे।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिँदा क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान एक विकेट लिए।

सुझावित समाचार