अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने दुईजना पक्राउ

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६, गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेश बस्तीमा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका–९, खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

उनले भने, ‘भक्तपुर चाँगुनारायण नगरपालिका–४ एकान्त ठाउँमा यही १३ मंसिरमा ओखलढुंगा लिखु गाउँपालिका–९, पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्सएपमार्फत अमेरिकी डलर सटही दर रेटभन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाई ६ लाख ५० हजार ठगी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो।’

उनीहरूको साथबाट प्रहरीले स्कुटर एक थान र मोबाइल चार थानसमेत बरामद गरी अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक आचार्यले बताए। 

सुझावित समाचार