‘नदीनाला कसका ?’ कला प्रदर्शनी शुक्रबारबाट

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

फोटो सर्कलले ‘नदीनाला कसका?’ शीर्षकमा कला प्रदर्शनी गर्ने भएको छ। प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा मंसिर २८ गते शुक्रबारदेखि पुस ८ गतेसम्म हुन लागेको हो।

फोटो सर्कलका अनुसार फोटोग्राफी, चलचित्र र अन्य बहुसञ्चार सामग्रीले स्थापित प्रगतिको भाष्यलाई चुनौती दिने गरी कला प्रदर्शनीहरू राखिएका छन्।

जसमा  प्रगतिबारे प्रचलित भाष्य, यी भाष्यलाई आत्मसात गर्नाले नदीनाला, वनजंगल र जमिनको कुन हदसम्म दोहन र क्षय भएको छ भन्नेबारेमा पुनर्विचार गर्न आग्रह गरिएको सर्कलका प्रेस संयोजक सन्देश घिमिरेले बताए।

सुझावित समाचार