नेपाल एसबिआई बैंक र मणिपाल ग्रुपबिच समझदारी

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेड र मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालिबिच छुट प्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

नेपाल एसबिआई बैंकका ग्राहकलाई मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साइन्समा विभिन्न स्वास्थ्य सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको हो।

नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देकोे उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमुख मीनबहादुर गुरुङ तथा मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत अनिल ओदुभिलबिच सम्झौता सम्पन्न भएको थियो। सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा मेडिकल ग्रुपका अन्य पदाधिकारीहरूसमेतको उपस्थिति थियो।

यस सम्झौताबाट ग्राहक वर्गले बैंकको  कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरूमा १० देखि १०० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्ने बताइएको छ।
 

सुझावित समाचार