त्रिवि सभा बैठकमा विद्यालय मर्जर र नीतिगत सुधारबारे छलफल हुने

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालय सभाको बैठक बिहीबार बस्ने भएको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले समय नदिँदा बैठक बस्न सकेको थिएन । बिहीबार बिहान ११ बजे त्रिवि सभाहलमा बस्ने बैठकमा ओली सहभागी हुने भएका छन् ।

बैठकमा मुख्यतः त्रिविको नीति नियम र विद्यालय मर्जर सम्बन्धमा छलफल हुने बताइएको छ । त्रिवि प्रवक्ता यमनसिंह बोहराले समसामयिक र नीतिगत विषयमा छलफलका लागि बैठक राखिएको बताए ।

गत १५ साउनमा बसेको त्रिवि सभा बैठकमा सहभागी प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम पछि सार्दै बजेट पास गरेका थिए । नीति तथा कार्यक्रममा कतिपय विवादित तथा पूरा गर्न कठिन हुने किसिमका योजना त्रिविले समेटेपछि प्रधानमन्त्री ओलीले पछि सार्न निर्देशन दिएका थिए ।

उनले भदौमा अर्को सभा बैठक बस्ने बताउँदै बजेट मात्रै पास गरे पनि त्यसयता बैठक बस्न सकेको थिएन ।

See More On

सुझावित समाचार