साढे सात वर्ष कैद सजाय माग गरी दुर्गा प्रसाईविरुद्ध मुद्दा दायर

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

साढे सात वर्ष कैद सजाय माग गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा बुधबार बिद्युतीय कारोबार ऐनअनुसार मुद्दा दायर गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी छ भनेर झुट्टा विवरण सार्वजनिक गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी साइबर अपराधको अभियोग लगाएको हो । साइबर अपराधमा पाँच वर्ष कैद हुने प्रावधान छ । उनी दोस्रो पटक यस्तो अपराधमा पक्राउ परेको भन्दै कानूनअनुसार थप ५० प्रतिशत सजाय माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रसाईको बिहीबार अदालतमा थुनछेक बहस हुनेछ । 

यो मुद्दामा थुनछेक आदेश भएपछि उनलाई आपराधिक लाभ मुद्दामा फेरि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने प्रहरी तयारी छ । उनकै निर्देशनमा भारतीय आपराधिक समूहको नाममा व्यवसायीलाई धम्काएर पैसा मागेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले छुट्टै अनुसन्धान गरिरहेको छ । 
 

सुझावित समाचार