हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानहरूमा हिमपात भएको छ। लेकाली बस्तीहरूमा करिब एक फिटसम्म हिउँ जमेको छ। सोमबार यस वर्षको पहिलोपटक हिमपात भएको हो। गत वर्ष पुसपछि मात्रै जिल्लामा हिउँ परेको थियो।2024-12-10-04-09-56.jpeg)
हिमपातपछि रारा तालवरिपरि पूरै सेताम्मे देखिएको छ। तालवरिपरि चाँदीको घेराजस्तै सुन्दर बनेको छ। हिमपातपछि स्थानीयसहित पर्यटकहरू रारामा हिउँ खेल्न पुगेका छन्।2024-12-10-04-11-04.jpeg)
रारासँगै जिल्लाको लेक पाटन, मुगुम कार्मारोङ गाउँपालिकास्थित यार्सा पाटनहरू, कोइकी हिमाल मुगुगाउँ, डोल्फु, किम्री, तखा, खारी, चितै, सेरोग दाउरा, रिउस पापु, छाइल, पुव, मह, माङ्ग्रीसहित दर्जनौँ बढीमा हिउँ जमेको छ।
2024-12-10-04-10-10.jpeg)
यसैगरी, छायानाथ रारा नगरपालिकाका बाम, रोवा, झाकोट, तल्लेख, सोबा, मुन्दु, कोटिल्ला, घुच्चीलेक, भुल्भुले, पिना, झ्यारी, टोप्ला, मुर्मालगायतका गाउँमा पनि हिमपात भएको छ। कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल रारा र मुर्माटप, चंखेली हिमालमा हिउँ जमेको छ।
2024-12-10-04-10-26.jpeg)
गएरातिदेखि लगातार रारा ताल र आसपासका ठाउँहरूमा हिउँ परेकाे रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। खत्याड गाउँपालिकाका खेस्मालिका, खमाले, कोटिल्ला, भागोटी, निगालीबोट, साटबाडा, जम्फै, बाउपानी, जोगिलेख, रोल, सैन, गम्था, श्रीकोट, जिउका, कर्खा, जामिर, रास्काेटीबाडा, नखर्जीलगायत गाउँमा हिउँ परेको छ।
2024-12-10-04-10-36.jpeg)
हिमपात हुन थालेपछि गहुँ, जौलगायत हिउँदे बालीमा समेत राहत हुने भएको छ। मंसिरको अन्तिमतिर हिउँ परेकाले कृषक पनि उत्साहित भएका हुन्। हिमपात जडीबुटीहरूको उत्पादन र गुणस्तरका लागि समेत राम्रो मानिन्छ।
तस्बिर सौजन्य : हेमराज रोकाया