नाडा र नाडाका प्रादेशिक एसोसिएसनबिच बृहत् अन्तर्क्रिया सम्पन्न

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, चितवन अटोमोबाइल्स एसोसिएसन र नाडा प्रादेशिक एसोसिएसनका अध्यक्षहरूबिच बृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यमा मंसिर २१ गते चितवनको जगतपुरमा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा छलफल भएको हो।

कार्यक्रममा प्रदेशहरूको संरचनालाई कसरी अगाडि बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधन, खुला बोर्डरले पारेको समस्याहरू, व्यवसायीहरूको पुरानो स्टकको समस्या, नाडाको इतिहास, नाडाको सदस्यता लिँदा प्रदेशबाट अनिवार्य स्वीकृति लिनुपर्ने, नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोग गर्ने, सवारीसाधन आयातकर्ता र डिलरहरूबिचको समस्या, हालको आर्थिक मन्दीले अटोमोबाइल व्यवसायमा पारेको समस्या, सेकेन्डह्यान्ड अटोमोबाइल पार्टसहरूको व्यवस्थापन र त्यसको वैधानिकता, भन्सार मूल्यांकनले पारेका समस्याहरू र चितवन अटोमोबाइल डिलर्स एसाेसिएसन (काडा)ले आयोजना गरेको अटो एक्स्पोको जानकारीलगायत १४ वटा विषयमा छलफल गरिएको बताइएको छ।

कार्यक्रमको अन्त्यमा नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापाले अटोमोबाइल व्यवसायमा हाल देखा परिरहेका समस्या र त्यसको समाधानको विषयमा विशेष चर्चा गरेका थिए।

सुझावित समाचार