एपेक्स कलेजको दीक्षान्त समारोह

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

एपेक्स कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजले सन् २०२४ ब्याचको सम्मानमा यो विशेष दीक्षान्त समारोह आयोजना गरेको जनाएको छ । यो समारोहले विद्यार्थीको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्ययनको सुरुवातको सन्देश दिने बताइएको छ । 

यस वर्ष कलेजबाट कुल दुई ५८ विद्यार्थी दीक्षित हुँदै छन्, जसमा डेढ सय स्नातक (ब्याचलर्स डिग्री) प्राप्त गर्ने र एक सय आठ स्नातकोत्तर (मास्टर्स डिग्री) प्राप्त गर्ने विद्यार्थी रहेका छन् । 

वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्र्याजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको बताइएको छ । यी विद्यार्थीले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् ।

सुझावित समाचार