धादिङको नीलकण्ठ नगरपालिका– ६ मा रहेको भैरवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । राम शाहले वि.सं १६६६ मा स्थापना गरेको भैरवी मन्दिरलाई आठ शक्तिपीठमध्ये एक मानिन्छ ।
मन्दिरबाट गणेश हिमाल, मनास्लु, मानापाथीलगायत हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ । दसैँ, तिहार तथा अन्य पर्व र बिदाका दिनमा दर्शन गर्न आउनेहरूको ठुलो भिड लाग्ने गर्दछ ।
मन्दिर दर्शन र अवलोकनका लागि भारतदेखि पर्यटक आउने गरेको नीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष भूपेन्द्रकुमार श्रेष्ठले बताए ।