डोनाल्ड ट्रम्पको घोषणा– अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने व्यवस्था बदल्छु

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएका, तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने बताएका छन् ।

अमेरिकी संविधानको १४औँ संशोधनअनुसार अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था छ । यस्ता बच्चाको आमा–बाबुसँग अमेरिकाको नागरिकता नभए पनि अमेरिकामा जन्मनासाथ तिनले स्वतः अमेरिकी नागरिकता पाउँदै आएका थिए ।

यद्यपि, उनले बाल्यकालमा अमेरिका आएका अवैध आप्रवासीहरूलाई मद्दत गर्न डेमोक्य्राट्ससँग सहकार्य गर्ने प्रस्ताव गरेका छन् । बाल्यकालमा अमेरिका प्रवेश गरेका, तर अहिलेसम्म कुनै कागजात नबनाएकाहरूको अधिकार रक्षाका लागि काम गर्ने संकेत उनले गरेका हुन् ।

ट्रम्पले एनबिसीलाई दिएको अन्तर्वार्तामा अवैध आप्रवासीहरूलाई देशबाट निकाल्नका लागि काम गर्ने कुरा दोहोर्याएका छन् । उनले नाटोबाट बाहिर निक्लनेबारे गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् ।

उनले आफ्नो कार्यकालको पहिलो दिन नै सन् २०२१ को युएस क्यापिटल हिल दंगामा संलग्न व्यक्तिहरूलाई माफी दिने बताएका छन् । शुक्रबार ट्रम्पले आफ्नो कार्यकालमा आप्रवासन, ऊर्जा र अर्थतन्त्रमा सुधारका लागि केही आदेश जारी गर्ने घोषणा गरेका छन् ।
 

सुझावित समाचार