मंसिर २२ गते शनिबारदेखि २८ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण


ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको मंसिर २२ गते शनिबारदेखि २८ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्:

मेष: धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ व्यक्तिहरूसँगको सहकार्यमा रोकिएका काम अगाडि बढ्नेछन् । वैदेशिक भ्रमणको अवसर जुर्ने योग रहेकाले यात्रा सफल हुनेछ  । स्थानान्तरणको योग बनेकाले स्थान परिवर्तन गर्दा शुभ हुनेछ । नाफा हुने गरी लगानी गर्दा फाइदा पुग्नेछ । साताको अन्त्यमा धन खर्चको योग छ । सामाजिक कार्यमा लागे मनमा आनन्दको अनुभूति हुनेछ । 

बृष: मुद्दा–मामिलामा पनि विजयी भइनेछ । धार्मिक यात्राको योग छ । यात्राका क्रममा हुने अवरोध बिस्तारै हट्दै जानेछन् । नयाँ योजना समयमै पूरा हुनेछन् । विश्वासको वातावरण बन्नेछ भने सम्बन्धमा केही असजिलो परिस्थिति बन्ने देखिन्छ । वैदेशिक यात्रामा सोचेअनुसार सफलता मिल्नेछ । साताको अन्त्यमा  उठ्नुपर्ने रकम उठ्नेछ । भाग्यले साथ दिनेछ ।


मिथुन: मनोरञ्जनपूर्ण वातावरण बन्नाले मनमा शान्तिको अनुभूति हुनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहला । व्यावसायिक काम अवरुद्ध बन्न सक्छ ।  साताको अन्त्यमा नयाँ सवारी साधन खरिद–बिक्रीको योग छ । नयाँ सम्बन्ध अगाडि बढ्ने 
योग छ ।

कर्कट: न्यायिक निर्णयबाट सोचेअनुसार सफलता मिल्नेछ । मायाप्रेममा धोका तथा विश्वासमा कमी हुन सक्ने हुँदा विशेष ध्यान पु¥याउनुपर्नेछ । उद्योग तथा व्यवसायमा लगानी गर्नेका लागि सोचेअनुसार सफलता मिल्नेछ । लामो लाभदायक यात्राको योग रहेकाले यात्रामा सफलता मिल्नेछ । साथीहरूले सोचेअनुसार साथ र सहयोग दिनेछन् । 


सिंह: सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । शुक्रबारपछि साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । नयाँ कार्यको थालनीसमेत हुनेछ । 

कन्या:  घरपरिवारबाट पूर्ण सहयोग प्राप्त हुनेछ । सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित काममा सहयोग गर्नुपर्ने देखिन्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नुपर्नेछ । रोकिएका काम बन्नेछन् । पठन–पाठनमा प्रगति हुनेछ । 

तुला: विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । प्रेमको बन्धन कसिने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ । यात्रा गर्दा अलि सावधानी अपनाउनुपर्ने समय रहेको छ । बिहीबार शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । साताको अन्त्यमा नियमित व्यवसायबाट राम्रो फाइदा हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । 

वृश्चिक: स्थानान्तरण र टाढाको यात्रा हुने सम्भावना छ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा हुनेछ । मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिको सहयोगमा प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ । महत्वपूर्ण व्यक्ति भेट्ने अवसर जुट्नेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध कायम रहनेछ ।

धनुः आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुने देखिन्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक पक्ष सबल रहने योग छ । बुधबारदेखि आफन्तबाट टाढिनुपर्नेछ  व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । लगानी सुरक्षित हुने वातावरण बन्नेछ ।

मकरः धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जनका बाटाहरू खुल्नेछन् । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।

कुम्भः नयाँ कार्यको थालनी हुनेछ । नोकरी तथा  व्यवसायबाट सोचेअनुसार लाभ मिल्नेछ । नयाँ योजना प्रारम्भ गर्न सकिने योग रहेको छ । आयआर्जनका विविध बाटा फेला पर्नेछन् । आँटेका कामको लगानी पनि अरूका लागि खर्च हुने संकेत देखिएको छ । सरसापटमा धन बाहिरिने हुँदा विशेष सावधानी अपनाउनुपर्नेछ । नयाँ योजना सफल हुनेछन् ।

मीनः घरमा मांगलिक कार्य हुनेछ । इष्टमित्रहरूले साथ र सहयोग गर्नेछन् ।  टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले कामको तारिफ गर्नेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । साताको अन्त्यमा नयाँ जिम्मेवारी प्राप्तिको योग छ ।

See More On

सुझावित समाचार