सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर, चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार प्रतितोला एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज ६ सयले घटेर एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला १० ले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार ८९० मा कारोबार भइरहेको छ ।

सुझावित समाचार