चितवनविरुद्ध टस जितेर फिल्डिङ गर्दै कर्णाली

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

चितवन राइनोजविरुद्ध  कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङको निर्णय लिएका छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै टोली आफ्नो तेस्रो खेल खेल्दै छन् । 

चितवनले पोखरा एभेन्जर्सलाई ८७ रन र काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराएको थियो । यता कर्णालीले जनकपुर बोल्ट्ससँग आठ र काठमाडाैंसँग तीन विकेटको हार व्यहोरेको थियो ।

सुझावित समाचार