आइसिटी अवार्ड–२०२४ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)को नेपाल पे क्युआरले सहकार्य गर्ने भएको छ । यसका लागि एनसिएचएल र आइसिटी अवार्डबिचसम्बन्धी सम्झौता भएको हो ।
एनसिएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवर्द्धनमा विगत १६ वर्षदेखि काम गर्दै आएको छ भने अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्टअप तथा व्यक्तित्वलाई सम्मान र प्रोत्साहन गर्दै आएको छ ।
आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । ५ पुस काठमाडौंमा आयोजना हुने कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने बताइएको छ ।