राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

राष्ट्रपति पौडेल आज बुधबार बिहान अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

सुझावित समाचार