सिटिजन लाइफ इन्स्योरेन्सले ‘एनुअल बिजनेस रिट्रिट’ कार्यक्रम गरेको छ । पोखरामा आयोजित कार्यक्रम १४ देखि १६ मंसिरसम्म चलेको थियो । कार्यक्रममा देशभरिबाट दुई सय ५० जनाको सहभागिता रहेको थियो ।
कम्पनीले आफ्ना कर्मचारी तथा अभिकर्ताका लागि विभिन्न सीप विकास कक्षा सञ्चालन गर्दै आइरहेको छ । यसकै सिलसिलामा उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा मुख्य प्रशिक्षक विजयकुमार झा रहेका थिए ।
प्रशिक्षक झाले सिटिजन लिडर्सको क्षमता तथा आत्मविश्वासलाई उत्प्रेरित गर्न कला विकास, व्यक्तित्व विकास, सञ्चार, पेसाप्रतिको आत्मविश्वास, व्यक्तिगत प्रस्तुतिलगायत विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सबै सिटिजन लिडर्र्सको मिहिनेत र परिश्रमको कदर गर्दै आगामी दिनमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको धारणा राखे । सोही कार्यक्रममा ‘सिटिजन अर्निङ प्वाइन्ट’को पनि उद्घाटन पनि गरिएको थियो ।