नेप्से परिसूचक १७.८० अंकले बढ्यो

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १७.८० अंकले बढेर दुई हजार ७७५.८५ अंकमा पुगेको छ । आज विभिन्न ३०७ कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता सेयर रु. आठ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९.६७ मा कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ ५.९६ प्रतिशतले बढेको छ भने फाइनान्स, जलविद्युत्, जीवन बिमा, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ र म्युचुअल फन्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।

दुईवटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको सेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ । 

त्यसैगरी अपर स्यांगे जलविद्युत् लिमिटेडको ९.५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको ६.१८ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्थाको ३.४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३.४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
 

सुझावित समाचार