उदयपुरको बेलका–९ मा माओवादीका घिमिरे निर्वाचित

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौं । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ को वडाअध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा(माओवादी) केन्द्रका उम्मेदवार भरत घिमिरे निर्वाचित भएका छन् । नेकपा(एमाले)का उम्मेदवार मोहन खड्कालाई उनले ३४ मतले पराजित गरेका हुन् । 
माओवादी केन्द्रका घिमिरेले ५५९ मत प्राप्त गर्दा एमालेका खड्काले ५२५ मत पाए । नेपाली कांग्रेसका उम्मेदवार नवराज बस्नेतले ४०४, जनता समाजवादीका राजकुमार राईले २०७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले १२३ मत ल्याएका छन् । यसअघि यो वडाको अध्यक्षमा नेपाली कांग्रेसेले जितेको थियो । 

सुझावित समाचार