सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से करिब २० अंकले बढेको छ । आज नेप्से १९.९७ अंकले बढेर दुई हजार ७५८.०४ विन्दुमा पुगेको छ । नेप्से ०.७२ प्रतिशतले बढ्दा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँबराबरको दुई करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर कारोबार भएको छ।
आज १२६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज बजार खुला रहदाँसम्म ३१४ वटा कम्पनी कारोबारमा आउँदा एक लाख तीन हजार ४८१ पटक सेयर किनबेच भएको छ ।
सोमबार सातवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये नाैवटा समूहको मूल्य बढेको छ भने तीनवटा समूहको मूल्य घटेको छ ।