बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारू निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार ४३ मत प्राप्त गरेका छन् ।
थारूका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शेरबहादुर थारूले ६७८ मत प्राप्त गरे । साथै नेपाल कम्युनिस्ट पार्टी एमालेका विष्णुप्रसाद देवकोटाले ३३७, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारूले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका वासुदेव शर्माले १७ मत प्राप्त गरेका छन् ।