ताप्लेजुङको सिरिजंघा गाउँपालिका– ३ को वडाध्यक्षमा नेकपा (एमाले)की कुमारी सावादेन निर्वाचित भएकी छिन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनी ३५३ मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की अम्बि सावादेनले २५१ मत प्राप्त गरिन्। नेपाली कांग्रेसका भीमकुमार लक्सम्बाले २१८ मत ल्याउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले सात मत प्राप्त गरे।