बझाङको सुर्मा गाउँपालिका– ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजारा विजयी भएका छन्।
पुजारा ६५७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्र पाए।
एक हजार ५५४ मतदाता रहेकोमा उपनिर्वाचनमा एक हजार १७८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो वडामा ०७९ को निर्वाचनमा एमालेले जितेको थियो। उक्त निर्वाचनमा निर्वाचित वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि आइतबार उपनिर्वाचन भएको हो।