युनाइटेडको सानदार जित

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार एभर्टनमाथि ४–० को सानदार जित हात पारेको छ । टोलीको जितमा मार्कस रासफोर्ड र जोसुआ जिर्कजीले समान दुई गोल गरे ।

ओल्ड ट्राफोर्डमा ७३ हजार समर्थकमाझ प्रशिक्षक रुबेन अमोरिमले सुखद सुरुवात गरे । उनले प्रिमियर लिगमा पहिलो जित निकालेका हुन् ।

अमोरिमले जिम्मेवारी सम्हालेयता युनाइटेड तीन खेलमा अपराजित छ । प्रिमियर लिगमै इप्सस्विचविरुद्ध १–१ को बराबरी खेल्दा युरोपा लिगमा बोडो ग्लिम्टविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको थियो ।  सन् २०२१ मा लिड्स युनाइटेडविरुद्ध ५–१ को जितपछि युनाइटेडको सबैभन्दा ठूलो जित हो ।

राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीलाई २–० ले हराउँदै शीर्ष स्थानमा लिभरपुलले ९ अंकको अग्रता बनाएको छ ।

सुझावित समाचार