रोल्पाकाे रुन्टीगढी गाउँपालिका-४ मा कांग्रेसका भूपमणि विजयी

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

राेल्पाको रुन्टीगढी गाउँपालिका-४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। वडाध्यक्षका लागि भएको उप-निर्वाचनमा कांग्रेसका उम्मेदवार भूपमणि पुन ६४३ मतसहित विजयी भएका छन्।

उनका निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार बेगम पुनले ५३५ मत प्राप्त गरेका छन्। विभिन्न ६ दलले प्रतिस्पर्धा गरेका थिए। यहाँ जम्मा १९ सय मतदाता संख्या रहेकोमा १२ सय ९७ मत खसेको थियो। जसमध्ये २१ मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस वडामा माओवादी केन्द्र, रास्वपा, राप्रपा र मंगोल नेशनल अर्गनाइजेसनले निर्वाचनमा भाग लिएका थिए।

सुझावित समाचार