जिसस प्रमुखमा निर्विरोध निर्वाचित भुललाई आयोगले दियो प्रमाणपत्र

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्वाचित टीकाकुमारी चौधरी भुललाई प्रमाणपत्र प्रदान गरेको छ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसकी भुल समन्वय समिति प्रमुखमा यसअघि निर्विरोध निर्वाचित भएकी थिइन्। नवनिर्वाचित प्रमुख भुललाई निर्वाचन अधिकृत प्रेम भट्टले आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्।

कांग्रेस र नागरिक उन्मुक्तिबिच सहमति भएपछि नागरिक उन्मुक्तिकी रूपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएकी थिइन्। कांग्रेसबाट निर्वाचित समन्वय समिति प्रमुख पदमबहादुर कलेलको २३ पुस ०७९ मा निधन भएको थियो।

सुझावित समाचार